तनहुँमा कृषकलाई मौरी पालनमा आकर्षित गर्दै घार वितरण

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी-४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

त्यसैगरी म्याग्दे गाउँपालिका-४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले जनाएको छ । ग्रामीण पोषण सुरक्षा कार्यक्रमअन्तर्गत उक्त क्षेत्रका कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको उनले बताए । त्यसैगरी बन्दीपुर गाउँपालिका-२ हलथुम्काका विपन्न, गरिब र न्यून आए भएका ४६ परिवारलाई मौरीसहितको घार वितरण गरेको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका-४ भीरकोटमा १५ वटा मौरीसहितको घार वितरण गरेको केन्द्रले जनाएको छ ।

कृषकलाई मौरीपालनतर्फ आकर्षित गर्दै उनीहरुलाई आयआर्जनमुखी बनाउने उद्देश्यले सरकारले कृषकलाई अनुदानमा मौरीसहितको घार वितरण कार्य गर्दै आएको आएको उनले बताए । मह उत्पादन गरी कृषकको आयआर्जनमा सहयोग पुर्‍याउन मौरीसहितको घार वितरण कार्यलाई प्राथमिकता दिएको केन्द्रले जनाएको छ ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

पत्रकार महासङ्घ भक्तपुरद्वारा वरिष्ठ पत्रकार बस्नेत,पत्रकार दुवाल, नेपाल र क्षेत्री सम्मानित

भक्तपुर । नेपाल पत्रकार महासङ्घ, भक्तपुर शाखाको शनिवार सम्पन्न ९औँ अधिवेशन तथा साधारण सभाले वरिष्ठ पत्रकार माथवर सिंह थापा सहित ४ जना पत्रकारलाई सम्मान गरिएको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय भएको पाइएको छ। पहिलो पटक संवैधानिक अधिकार प्राप्त गरेको समुदायलाई छिन्नभिन्न पार्न

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पानी हाल्ने ट्यांकरको ठक्करबाट कैनीको मृत्यु

पृथ्वीराजमार्गमा पानी हाल्ने ट्यांकरको ठक्करबाट व्यास नपा–१२ का प्रविन कैनीको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नम्बर १ मुसेखोला स्थित

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा माओवादी केन्द्र पालुङटार ७ को अध्यक्षमा प्रेमबहादुर कुमाल।

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा गत शनिबार भएको नेकपा माओवादी केन्द्रको वडा सम्मेलनबाट प्रेमबहादुर कुमालको अध्यक्षतामा १९ सदस्य वडा समिति गठन गरेको छ। जसको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पर्यटनमन्त्री तामाङद्धारा चाइना साउर्दनका क्याबिन क्रुहरूलाई विमानस्थलमा स्वागत, आजबाट दैनिक दुई उडान सुरु

काठमाडौँ, १९ जेठ ।संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले चाइना साउर्दन एयरलाईन्सकाका प्रतिनिधिलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ । शनिबार मन्त्री तामाङ

सबै पढनुहोस »
बिबिध
गोर्खा संसार

मुगुमा यार्सा गुम्बा टिप्न गएका चारजनाको मृत्यु

मुगुमा बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.