गाेरखा, असाेज ३ गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङली मा रहेकाे कालिका सामुदायिक बनकाे २७ अाैं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । सामुदायिक बनका अध्यक्ष रण बहादुुर कुमालकाे अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष राजु कुमालले स्वागत मन्तब्य राख्नुभएको थियाे । पालुङटार सब डिभिजन कार्यालयका प्रमुख अर्जुन अच्छामीले प्रमुख अतिथिकाे रूपमा बाेल्दै सहि कार्ययोजना बनाएर अघि बढन सकेमा समुदायको बिकासमा टेेवा पुग्ने बताउनुभयो । कार्यक्रममा बनका पूर्व अध्यक्षरू गणेशलाल श्रेष्ठ, भाेज बहादुर गुरूङ, रामकुमार श्रेष्ठ, निवर्तमान वडाध्यक्ष बसन्तकुमार श्रेष्ठ लाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनेहरूले समितिले गरेकाे सम्मानप्रति कृतज्ञता सहित धन्यवाद ज्ञापन गरेका थिए ।
![](https://gorkhasansar.com/wp-content/uploads/2024/07/FB_IMG_1722040614649-238x300.jpg)
![गोर्खा संसार](https://gorkhasansar.com/wp-content/uploads/2024/03/images-150x150.jpg)
गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते