गोरखा २७, भदौं ।
गोरखामा ५५ बर्षकी महिलालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर ५ घर भएका ५० बर्षिय एकबहादुर सुनार जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आइतबार महिलालाई सुनारले बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दर्ता भए लगत्तै हिजो जौबारीको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।आइतबार नै महिलाले जौबारी प्रहरी चौकीमा मौखिक उजुरी गरेको र सोमबार जिल्ला प्रहरी कार्यालय गोरखामा जोहेरी दर्ता गराएको पनि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
आरोपित सुनारलाई सोमबार नै जबरजस्ती करणी उद्योगमा मुद्वा दर्ता गरी गोरखा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको पनि गोरखा प्रहरीले जनाएको छ ।