अधिकार माग्न गाउँपालिकाको दैलोमा अपाङ्ग व्यक्तिको धर्ना

अशोक विश्वकर्मा/म्याग्दे । अपाङ्गता भएकाहरुको पक्षमा कार्यविधी बनाउन गरेको सहमति गाउँपालिकाले तोडेको भन्दै तनहुँको म्याग्दे गाउँपालिकाको दैलोमा स्थानीय दिपक भण्डारीले धर्ना सुरु गरेका छन् । पूर्णरुपमा अपाङ्गता भएका भण्डारीले कार्यविधी बनाउन आनाकानी गरि आफुहरु जस्ता व्यक्तिको अधिकार हनन गरेको भन्दै दोस्रो पटक धर्ना सुरु गरेका हुन् । यस अघिसमेत आफुहरुको माग सम्वोधन नगरेको भन्दै गत भदौ ८ गते उनी गाउँपालिकामा धर्ना बसेका थिए । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले कार्यविधी निर्माण गरि अपाङ्गता भएकाहरुको अधिकार स्थापित गर्ने सहमति गरेका थिए ।

सवारी दुर्घटनामा परि १३ बर्षअिघि पूर्णरुपमा असक्त रहेका भण्डारीले राज्यले निर्माण गरेको नियमावलीको कार्यन्वयनको माग सहित अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन २०७४ अनुसार निर्माण भएको अपाङ्गता भएको व्यक्तिको अधिकार सम्वन्धि नियमावली २०७७ अनुसार सेवा सुविधा र अवसर माग गरेका छन् । पूर्ण असक्त भएका कारण हेरचाह गर्ने व्यक्तिको माग गरेका उनले उक्त सुविधा राज्यले दिनुपर्ने नियमावलीमा उल्लेख भएको जानकारी दिए । राज्यको सुविधा दिन समेत स्थानीय सरकारले पहल नगरेको भन्दै उनी असन्तुष्ट छन् । आम्दानीको स्रोत समेत नभएपछि जीवन रक्षाका लागि सरकारको सहायता खोजेको उनी बताउँछन् । ‘यस्तो अवस्थामा सरकार अभिभावक बन्नुपर्ने हो ।’

गाँपालिकाका सुचना अधिकार विष्णुप्रसाद खनालले भण्डारीको माग प्रति आफुहरु सकरात्मक रहेको बताए । अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विदामा रहेकाले तत्काल निर्णय गर्ने अवस्था नभएको जानकारी दिदै कार्यविधि निर्माणमा गाउँपालिका तयार रहेको बताए । ‘सरकारले निर्माण गरेको निमावलीमा यस्ता ब्यक्तिहरुको अधिकार स्थापनाका लागि स्पष्ट उल्लेख नगरेकाले अलमल भएको छ ।’ उनले भने ‘उहाँको अनिश्चितकालिन धर्नालाई सम्बोधन गर्ने तयारी छ तर निर्णय भईसकेको छैन ।’

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.