गोरखा प्रहरीले तीन जना फरार अभियुक्त पक्राउ गरेको छ ।
सार्वजनीक मुद्धामा जरिवाना तोकिएर फरार रहेको १ जना, बन संम्बन्धी मुद्वामा जरिवाना तोकिई फरार रहेको एक जना र लागुऔषध मुद्धाका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
लागुऔषध मुद्वाका फरार अभियुक्त मनोज श्रेष्ठलाई कैद सजाया भुक्तानका लागि कारागार चलान गरिएको छ भने लागु औषध र बन मुद्धाका फरार अभियुक्तबाट ११ हजार पाँच सय २६ रुपैयाँ असुल गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।
पछिल्लो समय गोरखा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएको जनाएको छ । अदालतबाट सजाया तोकिएका तर भुक्तान हुन बाँकी भएकाहरुको खोजी भईरहेको एसपी केदार खनालले बताए ।