गाेरखा जिल्लाभरमा २ लाख १८ हजार ५ सय ६३ मतदाता ः कुन पालिकामा कति हेर्नुहाेस

बैशाख

जिल्लामा मतदाता संख्या २ लाख १८ हजार ५ सय ६३ जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पुरुष मतदाता १ लाख ८ हजार २ शय ६० जना रहेकोमा महिला मतदाताको संख्या भने १ लाख १० हजार ३ सय ३ जना रहेको छ । पालिका अनुसार अजिरकोट गाऊँपालिकामा १२ हजार ५ शय ९२, आरुघाटमा १८ हजार ६ शय ७६, गण्डकीमा १८ हजार ५ शय ३१ र गोरखा नगरपालिकामा ३५ हजार ३१ मतदाता रहेका छन् ।

यस्तै चुमनुब्री गाऊँपालिकामा ५ हजार १ शय २, धार्चेमा १० हजार ८ शय ८६, पालुङटारमा ३२ हजार ५ शय ९६, भिमसेन थापा गाउँपालिकामा १९ हजार ७ शय २२ जना मतदाता रहेका छन् । शहिद लखन गाऊँपालिकामा २३ हजार ६ शय १७, सिरानचोकमा २१ हजार ३ शय १८ र वारपाक सुलिकोट गाऊँपालिकामा २० हजार ४ शय ९२ मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.