गाेरखा।
गाेरखा जिल्लास्थित बारपाक सुलिकाेट गाउँपालिकामा बैशाख १२ गते सार्वजनिक बिदा हुन भएकाे छ ।
भूकम्प स्मृति दिवसका दिन बारपाक सुलिकाेट गाउँपालिकाले सार्वजनिक विदा घाेषणा गरेकाे छ । २०७२ सालमा बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । भुकम्पमा ज्यान गुमाएका नागरिकहरुकाे स्मृतिमा बिदा दिइएको गाउँपालिका ले जनाएकाे छ ।
गाउँपालिकाले शुक्रवार सुचना जारी गरी शुक्रबार बिदा दिने निर्णय सार्वजनिक गरेको हो । बारपाकमा भुकम्पमा परी ७२ जनाले ज्यान गुमाएका थिए र थुप्रै भाैतिक सँरचनाहरु क्षती पुगेकाे थियाे ।