फागुन २, तनहुँ ।
तनहुँकाे बिमलनगर चुनपहरामा विश्वकर्मा बाबाकाे मुर्ति स्थापना गरिएकाे छ । पृथ्वीराजमार्गकाे बिमलनगर र नयाँपुलकाे बिच भागमा पर्ने अत्यन्तै रमणीय स्थलकाे रुपमा परिचित चुनपहराकाे आकर्षक स्थलमा विश्वकर्मा बाबाकाे मुर्ति प्रतिस्थापना गरिएकाे चुनपहरा प्रकृतिक रमणीय स्थल संरक्षण समितिका अध्यक्ष एवं बन्दिपुर ४ का वडाअध्यक्ष हरेराम थापाले जानकारी दिनुभयाे ।
ठाउँ ब्यवस्थापन , मुर्ति र घणटीका लागि करिब ५ लाख ६१ खर्च भएकाे समितिका सचिव भानुभक्त थापाले जानकारी दिनुभयाे । उहाँका अनुसार बन्दिपुरका वरिष्ठ समाजसेवी सन्तकुमार श्रेष्ठले ३ लाख ६१ हजार सहयाेग गर्नु भएकाे छ भने भुईंमा स्लेट बिच्छ्याउन ३५ हजारकाे खर्च ब्यहाेर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे गरि सहयाेग रकम ३ लाख ९५ हजार छ भने बन्दिपुर केवलकार प्रालिले २ लाख रुपैंया खर्च गरेकाे समितिकी काेषाध्यक्ष बबिता थापाले जनाउनु भयाे ।
कार्यक्रममा सहयाेगदाताहुरु सन्तकुमार श्रेष्ठका ज्वाइँ बिकास श्रेष्ठ र बन्दिपुर केवलकार प्रालिका तारानाथ उपाध्यक्षले संयुक्त रुपमा उद्घाटन गर्नु भएकाे थियाे ।
यसैबीच गाेर्खा क्षेत्र नं. २ ख का प्रदेश सांसद प्रकासचन्द्र दवाडीले विश्वकर्मा बाबाकाे मुर्तिमा पुजा अर्चना गर्नु भएकाे छ । काँग्रेस संसदिय दलका प्रबक्ता समेत रहनु भएका दवाडीले साेही स्थानमा निर्माणकाे क्रममा अलपत्र रहेकाे जनजाती संग्राहलयकाे पनि अवलाेकन गर्नुभएकाे थियाे । साे अवशरमा चुनपहरा संरक्षण समितिका कार्यबाहक अध्यक्ष बेनीबहादुर थापा, सीता थापा, टिकाराम लामिछाने , सुरज जाेशी लगाएतकाे पनि सहभागिता रहेकाे थियाे ।
तनहुँकाे बिमलनगर चुनपहरामा विश्वकर्मा बाबाकाे मुर्ति स्थापना
Facebook Comments Box