माघ २८, गाेरखा ।
पालुङटार नगरपालिका वडा नम्बर ३ को कार्यालयको पालुङटार नगरपालिकाका नगर प्रमुख ई. दिपक बाबु कडेलले उद्घाटन गर्नु भएको छ । नगर प्रमुख कडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता वडा नं ३ का वडा अध्यक्ष रेशम बहादुर अधिकारीले गरेका थियाे । बिहिबार भएको एक कार्यक्रमका बीच वडा नं ३ को वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख कडेलले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा वडा न.३ का कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारीहरु उपस्थित रहेको थियो । भवनको निर्माणको जम्मा लागत मूल्य ६५ लाख रुपैयाँको रहेको छ भने भवनको निर्माणकार्यको जिम्मा भने दिपज्योति निर्माण सेवा गोरखाले पाएको थियो ।