पाैष महिनाकाे उत्कृष्ट प्रहरीमा छोप्राक चौकीमा कार्यरत प्रहरी हवल्दार अर्जुन थापा पुरस्कृत

गोरखा, माघ ९

जिल्ला प्रहरी कार्यालय गोरखाले पौष महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा  प्रहरी चौकी छोप्राक गोरखा कार्यरत प्रहरी हवल्दार अर्जुन थापालाई पुरस्कृत गरेकाे छ ।

जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम थापालाइ पुरस्कृत गरिएकाे हाे । निज थापाले आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्नुका साथै आफ्नो वडा एरियाहरुमा घटेका घटनाहरुमा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको, अपराध अनुसन्धान तथा नियन्त्रण कार्यमा उल्लेखनिय  सहयोग गरेको, अवैध रुपमा हुने ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी कार्यलाई नियन्त्रण गर्न सफल भएकोमा पुरस्कृत गरिएकाे प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।  साथै आफ्नो जिम्मेवार एरिया भित्र उत्कृष्ट ढंगले  त्रुटी रहित तवरले विभागीय नीति निर्देशन अनुरुप कुशलता पुर्वक कार्य सम्पादन गर्दै आई रहेकोले आज  एक कार्यक्रममा बीच निजलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद रु.१,०००।– (एक हजार ) पुरस्कार सहित २०७८ साल “पौष” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गर्नुभएकाे थियाे  ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.