गाेरखा सदरमुकामका बिभिन्न घरहरूमा चाेरी गर्ने कास्कीका मियाँ पक्राउ

गोरखा ३०, पुस ।

गोरखा सदरमुकामको विभिन्न घरमा सुन चोरी गरेको आरोपमा कास्की घर भएका जलालदिन मियाँलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । मियाँले गोरखा बजारको विभिन्न क्षेत्रमा पटक पटक गरी चोरी गरेको अभियोगमा गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्की रुपाकोट गाउँपालिका ६ घरभई हाल गोरखा नगरपालिका ६ बिसौनी मोडमा बस्दै आएको मियाँले कार्तिक  २२ गते र पौष ४ गते गोरखा नगरपालिका ८ को रानिबन र गोरखा नगरपालिका १० को बिरेनचोकमा रहेको घर भित्रैबाट सुनका गरगहना चोरी गरेको आरोपमा गोरखा प्रहरीले पक्राउ गरेको प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले जानकारी दिनुभयो ।

मियाँले कार्तिक  २२ गते गोरखा नगरपालिका १० को बिरेनचोकमा रहेको देवीमायाँ खनालको घरको दराज फोडी सुनको तिलहरी १ थान, औठी १ थानगरी २ तोला बरावरको सुनका साथै १० तोला बरावरको चाँदीका गरगहना र नगद २५ हजार र ओप्पो कम्पनीको १ थान मोबाइल चोरी गरेको प्रहरीले आरोप लगाएको छ ।

त्यस्तै गरी मियाँले पौष ४ गते गोरखा नगरपालिका ८ को रानिबन क्षेत्रमा रहेको रबिनकुमार थापोको घरको दराज फोरेर सिक्री, चन्द्रमा, बाला र औडी गरी साडे ३ तोला बरावरको सुन र १० तोला बरावरको चाँदीका साथै नगद १० हजार चोरी गरेको अभियोग लगाएको छ । सदरमुकाममा भएको चोरी काण्डका अभियुत्तलाई प्रहरीले लामो समयसम्म पनि पक्राउ गर्न नसक्दा गोरखा प्रहरीको आलोचना हुदै आएको थियो ।

‘हामीले चोरीको बिषयमा गहन अनुसन्धान गर्दै आएका थियौ । अनुसन्धानको दायरालाई फराकिलो बनाएर हेर्दा जलालदिन मियाँको संलग्नता देखिन आएकोले उनलाई पक्राउ गरिएको’ गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो । मियाँलाई गोरखा जिल्ला अदालतबाट नकबजनी चोरी शिर्षक मुद्वामा ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.