पाैष २७ गते सार्वजनिक बिदा

गोरखा ।

राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्तीका दिन गोरखा नगरपालिकाले सार्वजानिक विदा दिने निर्णय गरेकाे छ । २७ पुषमा पर्ने उक्त दिन नगरभित्र सार्वजनिक विदा दिने निर्णय भएकाे गाेरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।

आइतबार नगर कार्यपालिका बैठकले  विदा दिने निर्णय गरेकाे हाे । उक्त दिन पालिका मातहत रहेका सरकारी कार्यलय,विद्यालय बन्द रहने जनाइएकाे छ । नगरपालिकाले गाेरखा सँग्रहालय परिसरमा आैपचारिक कार्यक्रम समेत गर्ने पन्तले जानकारी दिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.