मेराे बचत तथा ऋण सहकारी संस्था पा.न.पा. वडा नं. ६ काे दाेस्राे साधारण सभा संस्थकाे संस्थापक अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्ष्ातामा सम्पन्न भएको छ । पाैष १७ गते शनिबार पाैवाटारमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेयर दिपक बाबू कडेल रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै मेयर कंडेलले सहकारीमार्फत गाउँकाे बिकासमा याेगदान पुर्याउन सकिने बताउनुभयो ।
त्यस्तै गरी कार्यक्रममा विशेष अतिथि ६ नं. वडा अध्यक्ष गाेविन्द वराकाेटि रहनुभएकाे थियाे ।
कार्यक्रम संस्थाकाे सचिव दिक्पाल अधिकारिले संचालन गर्नु भएकाे थियाे भने अार्थिक प्रतिवेदन लेखा संयाेजक ठाकुर रेग्मिले प्स्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा गाईखुर उपभोक्ता सहकारि संस्थाका अध्यक्ष अमृत वहादुर काफ्ले,र सदस्य विष्णुमाया राना मगरले शुभकामना मन्तब्य राखेका थिए । स्वागत मन्तव्य पवन अधिकारिले राखेका थिए ।
मेराे बचत तथा ऋण सहकारी संस्था काे दाेस्राे साधारण सभा सम्पन्न
Facebook Comments Box