१४ थान सालकाे गाेलियासहित १ ट्याक्टर र २ जना पक्राउ

गाेरखा, ११ पुस ।

जिल्ला प्रहरी कार्यालय गाेरखाले पाैष १० गते रातकाे समयमा अबैध सालकाे काठ अाेसार पसार गर्दै गरेकाे ट्याक्टर र २ जनालाइ पक्राउ गरेकाे छ ।

१० गते राती अं. २०:०० बजेको समयमा जिल्ला गोरखा, गो.न.पा. वडा नं. १० बिरेनचोक स्थितमा ग. १ त. ४४७६ नं. को ट्रयाक्टरबाट अवैधरुपमा साल जातको काठको गोलियाहरु थान-१४(चौध) ओसार-पसार गरी ऐ. ऐ. स्थित प्रणामी फर्निचर उद्योगको कम्पाउण्डमा राखेको अवस्थामा फेला पारिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

काठकाे गाेलिया सहित पक्राउ पर्नेमा  गोरखाखन.पा. वडा नं. १० बस्ने बर्ष ३२ को कृष्ण बि.क., प्रणामी फर्निचर उद्योग सञ्चालक बर्ष ३५ को भगवान कार्की रहेका छन् ।  पक्राउ गरिएका सालको काठहरु सहित ओसार पसार गर्न प्रयोग भएको ग. १ त. ४४७६ नं. को ट्रयाक्टर र निजहरु कृष्ण बि.क., र भगवान कार्कीलाई आज मिति २०७८।०९।११ गते थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोरखामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गाेरखाका  सूचना सम्प्रेषण अधिकृत प्र.नि. धर्म बहादुर अधिकारी ले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.