गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे बिद्युत लाइन काटियाे

चितवन, पुस ७-

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे बिद्युत लाइन काटेकाे छ ।

भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको आठ लाख ८७ हजार रुपैयाँ बक्यौता रकम तिर्न बाँकी रहेकोले लाइन काटिएकाे प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणले बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटेको छ ।

प्राधिकरणका अनुसार मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी रहेकाले साे कम्पनीकाे पनि  विद्युत लाइन काटिएकाे जनाएकाे छ ।  प्राधिकरणका कर्मचारीहरुलाई उद्योगभित्र पसेर लाइन काट्न नदिएपछि उद्योगको कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको प्राधिकरणले जनाएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.