कान्तिपुरकर्मी पत्रकार रसाइली सञ्चारिका समुह तनहूँको अध्यक्ष : सबै पदाधिकारीहरूसहित

तनहूँ ।

सञ्चारिका समुह नेपाल तनहूँ शाखाको तेस्रो साधारण सभा तथा प्रथम जिल्ला अधिवेशनमा रसाईलीलाई अध्यक्ष चयन गरेको हो । अधिवेशनले सम्झना रसाइलीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा ममता गुरुङ, सचिवमा सुनिता आचार्य, सहसचिवमा निशा थापा मगर, कोषाध्यक्षमा सर्मिला वि.क., सदस्यहरुमा करुणा थापा, मन्जु थापा, सोनिया लगुन र सावित्रा कोइराला चयन हुनुभएको छ ।

संस्थाको सल्लाहकारमा निर्वतमान अध्यक्ष सन्तोषी श्रेष्ठ, भुमिका आले, उज्ज्वल पौडेल, नारायण खड्का र अस्मिता खनाल रहनुभएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रदिप काफ्लेको प्रमुख आथ्यितामा भएको कार्यक्रममा प्रमुख अतिथि काफ्लेले महिला पत्रकारले खेलेको भुमिकाको प्रशसां गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्ज्वल पौडेल, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का लगायतका महानुभावहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.