युवाहरु उद्यमशीलता तर्फ लाग्नु पर्ने र स्वदेशमै राेजगारीकाे अवसर सृजना गर्नुपर्ने – मेयर कडेंल

३ असाेज, गाेरखा ।

गोरखाको पालुङटार नगरपालिकाका नगर प्रमुख ई दिपकबाबु कडेंलले बजाज माेटरसाइकलकाे साेरूमकाे उदघाटन गर्नुभएकाे छ ।

पालुङटार नगरपालिका वडा नम्बर ५ स्थित ठाँटीपाेखरी बजारमा द्रव्य ट्रेडर्सले साेरुम सञ्चालनमा ल्याएकाे सञ्चालक किरण गिरीले जानकारी दिए जानकारी दिनुभयाे ।

द्रव्य ट्रेडर्सले अब पालुङटारबाटै बजाज कम्पनीका बिभिन्न माेडलका माेटरसाइकलहरु विक्रि गर्नुका साथै सर्भिसिङ्ग, मर्मत, पार्टस बिक्री गर्ने बताएकाे छ । ट्रेडर्सले गोरखा, तनहुँ, लमजुङ्ग लगायतका जिल्लाका बजाज माेटरसाइकल प्रयाेगकर्तालाई सेवा दिने उदेश्य राखेकाे सञ्चालक गिरीले बताउनुभयाे ।

अत्याधिक लाेकप्रिय रहेकाे बजाजकाे पल्सरका बिभिन्न सिसीका माेटरसाइकल खरिद गर्न र सर्भिसिङ्ग साथै पार्टसहरु खरिद गर्न अब अन्यत्र धाइरहनु पर्ने बाध्यता हटेकाे उहाँकाे भनाई छ ।

सोरुमकाे उद्घाटन गर्दै मेयर कडेंलले युवाहरु उद्यमशीलता तर्फ लाग्नु पर्ने र स्वदेशमै राेजगारीकाे अवसर सृजना गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.