नेपालले एमसीसी स्वीकार नगरे अर्कै मुलुकमा जान्छ – फातिमा सुमार

काठमाडाैँ अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल बीच सम्झौता भएको लामो समय सम्म पनि परियोजनाले गति नपाउँदा सम्झौता कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेतृत्वको टोली नेपाल आएको छ। चार दिने नेपाल भ्रमणका रहदा फतिमाको टोलीले नेपालका प्रधानमन्त्री लगायत प्रमुख दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ ।

यो भेट उनको भ्रमणको पहिलो दिननै सुरु भईसकेको छ । पहिलो चरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

एमसीसी उपाध्यक्ष सुमार, सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीलेभक्तपुरको बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई पहिला भेटेको छ। भेटमा अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख भट्टराई र प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी थिए भने एमसीसी उपाध्यक्ष सुमारसँगै सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागी थियो ।

सो क्रममा नेपाल र अमेरिकाले हस्ताक्षर गरेका डकुमेन्ट लिएर आएको भन्दै टोलीले स्वीकार्य भए अनुमोदन गर्न आग्रह गरेको छ । नभए अनुदान अन्य मुलुक जाने पनि बताएको छ । टोलीको यो भेटको सन्देश भनेको अस्वीकार्य हुँदा हुँदै स्वीकार गर भनेर लविङ गरिरहेको छ ।

समझौता भित्रका नेपाल उठाएका प्रश्नहरु भित्र पनि मुख्य प्रश्नका रुपमा सम्झौताको समयवधि सकिएपछि पनि नेपाललाई जवजस्ती किन एमसीसी सहयोग दिइन चाहान्छ त भन्ने उब्जिएको छ । समयावधि सकिएपछि अमेरिकाबाटै सम्झौता खारेज गर्नुपर्नेमा टोली किन नेपाल आयो भन्ने प्रश्नको उत्तर अहिले नेता देखि सर्वसाधारण पनि खोजिरहेका छन् । यसको पक्ष । विपषमा ठूला जनमत बाडिएको छ ।

समाजिक संजालहरुमा यसको विपक्षमा ठूलो मत छ भने नगन्य मात्रामा मात्रै यसलाई स्वीकार गर्नुपर्छ भन्ने मत देखिएको छ । ओलीसँगको भेटमा एमसीसीको टोलीले सम्झौतालाई लिएर नेपालमा नहुनुपर्ने विवाद भएको बताएको छ ।

भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुशार जवाफमा एमाले अध्यक्ष ओलीले भने आफू सरकारमा रहँदा सम्झौता अगाडि बढाउन खोजेको तर, सभामुखसहितका केही व्यक्तिका कारण सम्भव नभएको बताएका छन् । अहिले आफूहरु प्रतिपक्षमा रहेको र सरकारले यसबारे कुनै प्रस्ताव नल्याएका जवाफ दिएका छन् । उनले पहिले सरकारले प्रस्ताव ल्याएपछि आफूहरुले धारण बनाउने उनले बताएका छन् ।

यसै गरी एमसीसीको टोलीले अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबारमा भेटेको छ । भेटमा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसीबारे नेपालमा उठेका प्रश्नहरुमा स्पष्टीकरण दिएको भेटमा सहभागी नेताहरुले बताए ।

नेता गंगालाल तुलाधरका अनुशार उनीहरुले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अंग हुँदै होइन । जे हल्ला भएको छ, यो हल्ला मात्र हो भनेर प्रस्टाएका छन् । नेपालको अर्थ मन्त्रालयले पठाएका प्रश्नहरुमा एमसीसीले दिएको जवाफ भन्दा बढी नै प्रष्ट पार्न खोजेको उनले बताए ।

एकीकृत समाजवादीका नेताहरुले नेपाल र नेपाली जनताको हितमा नहुने, सैन्य रणनीति अन्तर्गत हुने कुनै पनि सहयोग आफूहरुलाई स्वीकार नहुने बताएका छन् । एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसी सम्झौताबारे यसो गर्नुस् भनेर दबाव नदिने, तर स्वीकार नगेर यो अनुदान अर्को मुलुकमा जाने बताएका छन् ।

एमसीसीको यो टोलीले शुक्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र उर्जामन्त्री पम्फा भुसाललाई भेट्ने कार्यक्रम छ ।

अन्तरष्ट्रिय समुदायमाथि विशेषत देशको दूरगामी महत्वराख्ने अझ लामो समयदेखि विवादित विषयमा सरकारले देशभित्रका सबै दलहरु बीच साझा सहमति जुटाएर एसमसीसीसँग छलफल गर्नुपर्नेमा देशभित्र देखिएको राजनीतिक धुब्रीकरणमा अमेरिकी टोलीलाई खेल्ने अवसर दिएको छ। यसको अन्तराष्ट्रिय समुदायमा जाने नेपालको सन्देश र आगामी सहयोग परियोजनाहरुमा नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन हुने विश्लेषण गरिएको छ ।

यसअघि बुधबार नेपाललाई सोधेका प्रश्नका जवाफ पठाउँदै एमसीसीले अमेरिकी सहयोग परियोजना सैन्य प्रयोजनको लागि नभएको बताएको थियो । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पठाएको पत्रको जवाफ पठाउँदै एमसीसीले अनुदान कोषको उपयोग सैन्य प्रयोजनमा गर्न कानुनले रोकेको उल्लेख गर्दै यो विशुद्ध गरिबी न्युनीकरणका लागि दिइने सहयोग रहेको प्रष्ट पारेको थियो ।

यस्तै एमसीसी सम्झौताको विवादका पाटामध्ये एमसीसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहने जनाउँदै एमसीसीको कुनै पनि हक नहुने जवाफ पठाएको छ ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.