Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
१०२ घरधुरीका तामाङ समुदायमा खानेपानीकाे राम्राे व्यवस्था भएपछि .........

१०२ घरधुरीका तामाङ समुदायमा खानेपानीकाे राम्राे व्यवस्था भएपछि ………

लिभिङ वाटर नेपालले ककनी–२, ठूलोचित्रे, नुवाकोटका १०२ घरधुरीका तामाङ समुदायमा खानेपानी आयोजना सम्पन्न गरेका छन् । भौगोलिक हिसाबले काठमाडौको नजिक भएर पनि खानेपानीको हाहाकारको समस्या भोग्दै आईरहेका सिमान्कृत पिछाडिएका तामाङ समुदायका मानिसहरुले उक्त आयोजनामार्फत खानेपानीको सुविधा प्राप्त गरेका छन् ।

विशेष गरी इन्जिनियर तथा समाजसेवी विजय गुरुङको आर्थिक व्यवस्थापन र संयाजनमा र संस्थाका कर्मचारी तथा समाजसेवी चतुरमान तामाङले संस्थामार्फत कार्यक्रम स्वीकृत गराई खानेपानीको हाहाकार रहेका उक्त गाउँमा खानेपानी आयोजना अन्तर्गत एक घर एक धारा निर्माण गरी घरघरमै खानेपानीका् सुविधा प्रदान गरेको छन् । विगतमा कुनैपनि खानेपानीको संरचना नहुँदा उक्त गाउँका करिब ४५० जना गाउँलेहरुले दिनहुँ खानेपानी समस्या भोगिरहेको र संस्थाले त्यस समस्यालाई समाधान गरिदिएको उपभोक्ता समितिका अध्यक्ष यम बहादुर लामा बताउनु हुन्छ र संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको छ ।

यस आयोजना अन्तर्गत इन्टेक, धाराहरु र २ वटा ट्याङ्की मार्फत खानेपानी वितरण गरिएको छ । खन्नपुर र अन्य कार्यमा उपभोक्ता समिति र उपभोक्ताहरुको साथ र सहयोगले उक्त आयोजना सम्पन्न गर्न थप सहज भएको संस्थाका कर्मचारीले बताउनु भएको छ । यसरी आफ्नै धाराबाट यसरी खानेपानी पाउला भनेर कहिल्यै नसोचेको एक गाउँले बताउनु हुन्छ ।

 

साथै भविष्यको रेखदेख, संंरक्षण सम्बद्र्धन, र संचालन गर्नका लागि संस्थाले वडाध्यक्षको रहोबरमा सामाजिक लेखापरिक्षण गरी आयोजनालाई उपभोक्तालाई हस्तान्तरण गरिएको  बताउनु भएको छ ।

यसको दिगोपनको लागि उपभोक्ता आफै सक्रिय भएर एकजना हेरालु राखेर पानी संचालन गर्नुपर्ने आवश्यकता रहेको र त्यस्तै गर्ने योजना रहेको उक्त गाउँका बुद्धिजिवी सूर्य बहादुर तामाङले  बताउनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.