कञ्चनपुर, २०, जेठ । लिचीका दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ मा लिचीको दाना अड्किएर ६ महिनाको बालकको मृत्यु भएको हो ।
साँझ लिचीको दाना अड्किएर बालक वीरेन्द्र चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।
“खेल्दाखेल्दै लिचीको दाना खाँदा अड्किएर अस्पताल लगिएको थियो”, उहाँले भन्नुभयो, “महाकाली अस्पताल पुग्दापुग्दै चिकित्सकले मृत घोषणा गरेको हो ।” रासस