तनहुँको डुम्रे टोल बिकास संस्थाद्धारा प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

तनहुँको डुम्रे टोल बिकास संस्थाले ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोनाका कारण आम नागरिकलाई समेत अकालमै मृत्यू हुनबाट जोगाउने उदेश्यले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । संस्थाले यस अघि ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र नेपाल पत्रकार महासंघ तनहुँको समन्वयमा शनिबार र आईतबार संकलन गरिएको १९ वटा खाली सिलिन्डर भरिदिएको थियोे । अक्सिजन भर्नका लागि डुम्रेबजारका युवा ब्यावशायी दिनेश श्रेष्ठले निशुल्क गाडीको ब्यवस्था गरिदिनु भएको थियो भने ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले पोखरामा रहेको कालिका ग्याँस कम्पनी मा समन्वय गरि सहयोग गरेको साथै सिलिन्डरका लागि आवश्यक पर्ने केही उपकरण र अक्सिजन नाप्ने केही थान स्वास्थ सामग्री पनि खरिद गरिदिएको डुम्रे टोल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठले रेडियो बन्दिपुरलाई जानकारी दिनुभयो । बन्दिपुर अस्पताललाई १० थान प्रदान, पुरानडिहि सहरी स्वास्थ्य केन्द्रलाई १० थान सिलिण्डर प्रदान गरिंदै डुम्रे टोल बिकास संस्थाले भरिदिएको १९ थन सिलिण्डर र संकलन गरिएको ८ थान भरी सिलिण्डर मध्ये बन्दिपुर अस्पताललाई १० थान सिलिण्डर बुधबार प्रदान छ भने १० थान सिलिण्डर जिल्ला प्रशासन कार्यालयको समन्वयमा भानुको सेपा बगैंचामा रहेको पुरानडिहि सहरी स्वास्थ्य केन्द्रलाई प्रदान गरिन लागिएको हो । अन्य २ वटा खाली सिलिण्डर आज संकलन गरिएको र अन्य अक्सिजन भरिएको सिलिन्डरलाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा अस्पताललाई आवश्यक परेको खण्डमा प्रहरी कै सक्रियतामा अस्पतालमा पुर्याईने ब्यवस्था गरिने ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.