सडक बत्ति जडानपछि आँबुकोट गाउँ झलमल्ल ।।

आँबुखैरेनी, १२ माघ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नंं.३, स्थित आँबुकोट गाउँमा सडक बत्ति जडान गरिएको छ । रातको समयमा जंगली जनावरको डर त्रास तथा अपराधिक घटनाहरु न्यूनीकरणका लागि सो गाउँमा १५ वटा सडक बत्ति जडान गरिएको हो । आँबुखैरेनी गाउँपालिकाबाट प्राप्त बजेट रकम ५० हजार रुपैंयाको लागत तथा स्थानीय युवाहरुको सक्रियतामा सडक बत्ती जडान गरिएको आँबुकोट सहायक मोटरमार्ग उपभोक्ता समितीका सचिव पदम थापा मगरले जानकारी दिनुभयो । २५ घरधुरी रहेको आँबुकोट गाउँमा सडक बत्ति जडान कार्यक्रमले रातको समयमा गाउँ नै झलमल्ल पारेपछि जंगली जनावरको डर त्रास नहुने, गाउँ बेशी गर्न तथा दैनिक जिवनयापन सहज र सुरक्षित हुने, चोरी, डकैंती लगाएतका अपराधिक घट्नाहरु न्युनिकरणमा सघाउ पुर्याउनेमा बिस्वस्त रहेको स्थानीयबासीले बताएका छन ।
Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.