रखा १०, माघ ।
गोरखा नगरपालिका ९ स्थित मनकामना बहिरा बिद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई सहयोग पुग्ने गरी खाद्यान्न र शैक्षिक सामाग्री प्रदान गरिएको छ । लायन्स क्लब अफ गोरखा र काठमाण्डौं उपकारले संयुत्त रुपमा विद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई खाद्यान्न र शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।
विद्यालयमा एक कार्यक्रम गरी क्लबले खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरिएको गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार खाद्यान्न १४ हजार ६०० र स्टेशनरी र खेलकुद सामाग्रीहरु ९ हजार ७०० बरावरको प्रदान गरिएको हो । खाद्यान्न अन्तर्गत चामल, दाल, चिनी, तेल, मस्यौरा, चियापत्ती र चाउ तथा कापी, कमल, फूटबल र ब्याटमिन्टनका सामाग्रीहरु प्राप्त भएको विद्यालयका प्रधानाध्यापक अनिल अम्गाईले जानकारी दिए ।
साथै विद्यालयलाई व्यक्तिगत रुपमा केही व्यक्तिहरुबाट स्वास्थ्य सामाग्री समेत प्राप्त भएको विद्यालय प्रशासनले जनाएको छ । प्राप्त स्वास्थ्य सामाग्रीहरुमा १२ लिटर स्यानिटाईजर र मास्क रहेको छ । स्वास्थ्य सामाग्रीहरु भने महेशबावु श्रेष्ठ, बिशाल घले र विवेक भूषण मार्फत प्राप्त भएको हो ।