नमूना काममा अघि बढ्दै दलित समूह, मृतकका परिवारमा सहयाेग

गाेरखा

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ का दलितहरू नमूना काममा अघि बढ्दै गएका छन् ।

केही महिनाअघि मात्रै एकता सम्मेलन गरी नयाँ समिति बनाएर सामाजिक कार्यमा अघि बढ्दै गरेकेा दलित एकता तथा उत्थान समितिले अाफ्नाे वडाभित्र रहेका दलित समुदायमा काेही कसैकाे मृत्यु भएमा निजकाे परिवारलाइ अार्थिक सहयाेग गर्ने निर्णय गरिएकाे र अाजैदेखि साे कार्यकाे सुरूवात गरिएकाे समितिले जनाएकाे छ ।

सवै परिवारकाे हैसियत समान हुँदैन र समस्या काेही कसैलाइ कुनै पनि बेला पर्न सक्छ, त्यसैले हामीले हरेक परिवारमा सहयाेग गर्ने उदेश्यका साथ निर्णय गरी अघि बढेकाे समितिका सह सचिव राजकुमार परिवारले बताउनुभयाे ।

साेही अभियान अन्तर्गत अाजै वडा नं. ७ पारेघाट निवासी स्व. अाइतसिं सुनारकाे अाज तेह्राैं दिनकाे पुण्यदिनका अवसर पारी अाज समितिका अध्यक्ष मिन बहादुर परिवार, काेषाध्यक्ष रामचन्द्र बि.क, सदस्य सुक बहादुर परिवार तथा युवा संयाेजक सञ्जय बि.क. लगायतकाकाे उपस्थितिमा मृतकका परिवारलाइ नगद रू.५००० हस्तान्तरण गरिएकाे सहसचिव परिवारले जानकारी दिनुभयाे ।

हाल शुरूवातकाे समयमा थाेरै रकम सहयाेग गरेका छाैं, याे पहिलाे प्रयास हाे । हामी क्रमशः सहयाेग बढाउँदै र अावश्यकताका अाधारमा थप याेजनाहरू बनाउँदै अघि बढने छाैं । अध्यक्ष परिवारले बताउनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.