गोरखामा जारी निषेधाज्ञा भाेलिदेखि हटाउने

भदाै १४ ,गोरखा । गोरखा जिल्लामा भदौं १ गतेदेखि जारी निषेधाज्ञा भाेलिदेखि हटाउने निर्णय भएको छ । आइतबार बसेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले जारी निधेषाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । बैठक जिल्ला भित्र आन्तरिक रुपमा व्यक्तिगत प्रयोजनका लागि नीजि सवारी साधान सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।

‘जिल्ला भित्रै नीजि सवारी साधन आफ्नै प्रयोजनका लागि चल्न पाउनेछन्, उहाँले भन्नुभयो, तर त्यस्ता सवारी साधनमा चालक सहित ३ जना भन्दा बढी चढ्न पाइने छैन ।’ बैठकले जिल्ला होटल, व्युटी पार्लर, शैलुन, जिमखाना बाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरि सञ्चालन गर्न दिने निर्णय समेत गरेको उहाँले बताउनभुयो ।

‘निषेध गरिएका बाहेकका पेशा व्यवसाय सञ्चालन गर्दा पनि कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहने गरि स्वास्थ्य सुरक्षा तथा समाजिक दुरी कायम गर्ने गरि मात्र सञ्चालन गर्न दिइने निर्णय भएको छ ।’ उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्लामा कोरोना संक्रमणको अबस्थालाई हेरेर यस्तो निर्णय गरिएको बताउनुभयो । ‘अहिलेसम्मको अबस्था हेर्दा गोरखामा जिल्ला भित्र संक्रमणको अबस्था उच्च देखिदैन, उहाँले भन्नुभयो, पिसिआर परिक्षणको दरलाई बढाउदै लैजाने र पेशा व्यवसायलाई पनि सुरक्षित पूर्ण ढंगबाट सञ्चालन गर्न दिने तयारी भएको हो । ’

प्रमुख जिल्ला अधिकारी भट्टराई जिल्ला भित्र सार्वजनिक यातायात तत्काल सञ्चालन गर्न दिने अबस्था नरहेको बताउनुभयो । ‘जिल्ला भित्रका सार्वजनिक यातायात सञ्चालन गर्नका लागि व्यवसायीहरुसंग पनि छलफलको तयारी भइरहेको छ, उहाँले भन्नुभयो, अहिले पर्ख र हेरको अबस्था रहेकाले व्यवसायीहरुसंग छलफल गरेर सुरक्षित ढंगले कसरी सञ्चालन गर्न सकिन्छ त्यसको कार्ययोजना तयार पारेर मात्र निर्णय गर्छौ । ’

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.