७ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत च्याङ्ली स्वास्थ्य चौकीमा आवास गृह निर्माण गर्न शुरु गरिएको छ ।
नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट प्रसुती कार्यकर्ता (अ.न.मी.) का लागि आवास गृह निर्माण गर्न लागिएको वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयबाट छनोट गरी पठाइएका योजनाहरु मध्ये पहिलो प्राथमिकतामा राखिएकोले उक्त कार्य अघि बढाइएको र सो भवन निर्माण गरिएपछि प्रसुती सेवा प्रदान गर्न सहज हुने स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।
चौकीमा २४ घण्टे प्रसुती सेवाको सुविधा रहेको भएतापनि स्वास्थ्य कार्यकर्ता (अ.न.मी.)बाहिर कोठा लिएर बस्नुपर्दा समस्या हुने भएकाले आवास गृह बनाउन लागिएको बताइएको छ । उक्त कार्यको लागि नगरपालिकाले रोजगार कार्यक्रमका लागि ४ लाख २२ हजार रकम बिनियोजन गरेको छ
उक्त रकम भवन निर्माणको लागि प्रर्याप्त नभएकाले हाल जति सम्भव हुन्छ त्यति मात्र बनाउने र बाँकी कार्य आगामी बर्ष पूरा गर्ने रोजगार संयोजक पार्वती पाठकले बताउनुभयो । पाठकका अनुसार नगरपालिकाभित्रका सबै वडाहरुमा काम शुरु भइसकेको र असार १५ भित्रै काम सक्ने गरी काम अघि बढाइएको छ ।
लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम
भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु