प्राईम बैंक द्वारा बिद्यालयमा वाटर डिस्पेन्सर तथा डस्टविन बितरण

संस्थागत सामुदायिक  उत्तरदायित्व कार्यक्रम मार्फत प्राईम कमर्सियल बैंकको ठाँटीपोखरी शाखाले पालुङटार ९ काे एक बिद्यालयमा  Water Dispenser र Dustbin बितरण गरेकाे छ ।                                                                            पालुङटार ९ मा रहेकाे मदनेडांडा मा. बि मा  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साे सामग्री बितरण गरिएकाे प्राईम कमर्सियल बैंक ठाँटीपोखरी शाखाका प्रमुख श्री कमल श्रेष्ठले जानकारी दिनुभयो ।  पाैष १२ गतेका दिन एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएकाे थियाे । कार्यक्रममा प्राईम कमर्सियल बैंकका  सहायक शाखा प्रमुख श्री सन्तोष बानियाँ,  बि ब्य स अध्यक्ष श्री भुपाल बहादुर गुरुङ्ग,शिक्षक अभिभावक संघ अध्यक्ष श्री राजाराम बुर्लाकोटी जनप्रतिनिधि श्री खिल बहादुर श्रेष्ठ, शिक्षक स्टाफ तथा विद्यार्थीहरुको उपस्थितिमा रहेकाे जनाईएकाे छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.