अाज २५६७ औँ जन्म जयन्ती बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइयाे

गौतम बुद्धको २५६७ औँ जन्म जयन्ती अाज बिबिध कार्यक्रमसहित बिभिन्न स्थानमा मनाइएकाे छ ।

घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।

बुद्धको जन्मस्थल लुम्बिनी तथा देशभरका बौद्ध घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गर्नुका साथै शान्तिको कामना गर्दै भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती मनाइएको हो ।

लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भइ अाफ्ना भनाइहरू राख्नुभएकाे थियाे ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनी हालको रुपन्देहीको लुम्बिनीमा जन्मिएका थिए।

राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कए। तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उनले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्‍याए ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रुमपा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको थियो । यस अवसरमा नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउने भएका छन् ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा पनि विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइएको छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो ।

इसापूर्व ५२८को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएका ज्ञान हो ।

सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना)का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । यसप्रति अध्ययन, अनुसन्धान गर्नेको सङ्ख्या पनि बढेको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.