पालुङटार नगरपालिकाबाट मंगलबारदेखि श्रम स्वीकृती दिन सुरु

गोरखा ।

गोरखाको पालुङटार नगरपालिकाले बैशाख १९ गते मंगलबारदेखि बाट श्रम स्वीकृती दिन सुरु गरेको छ ।

नेपाल सरकारकाे श्रम स्वीकृति अाफ्नै पालिकाबाट दिने नितिबमाेजिम नगरपालिकाले श्रम स्वीकृति दिन थालकाे रोजगार सेवा केन्द्रका रोजगार संयोजक कल्पना केसीले जानकारी दिनुभयाे ।  मंगलबार का दिन नगरपालिकाको रोजगार सेवा केन्द्र मार्फत स्थानिय मुस्ताव मियालाई पालिकाले पहिलो पटक व्यक्तिगत श्रम स्वीकृति प्रदान गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित र भरपर्दो तथा पारदर्शी एवं सहज बनाउन सेवाग्राहीहरुलाई स्थानीय तहबाटै सेवा प्रदान गर्ने उद्देश्य अनुरुप पालुङटार नगरपालिका, रोजगार सेवा केन्द्र बाट व्यक्तिगत श्रम स्वीकृति र पुन श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुरुवात गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.