गोरखा जिल्ला समन्वय समिति(जिसस) का नवनिर्वाचित पदाधिकारीहरूकाे पदभार ग्रहण कार्यक्रम अाइतबार सम्पन्न भएकाे छ ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित जिसस प्रमुख मोहनबहादुर थापाले जिल्लका विभिन्न स्थानीय तहमा बढिरहेको नदीजन्य पदार्थको अवैध दोहनको प्रभावकारी अनुगमन गर्ने बताउनुभएकाे छ ।
आइतबार जिससका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहणका क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले अवैध नदीजन्य पदार्थ दोहनलाई रोक्न प्रभावकारी रुपमा अनगुमन गर्ने बताउनुभएकाे हाे ।
जिल्ला भित्रका गाउँपालिका, नगरपालिका, संघ, प्रदेशलाई समन्वय गरेर जनताको हित, समृद्धि र विकासका लागि काम गर्ने र सोहि अुनसार योजना बनाएर अघि बढ्ने पनि उहाँले बताउनुभयाे ।
सर्वसम्मत रूपमा चयन भएकाे जिल्ला समन्वय समितिकाे प्रमुख थापा गाेरखा नगरपालिकाबाट निर्वाचित हुनुहुन्छ भने उप प्रमुखमा शहिद लखन गाउँपालिकाबाट लिला परियार रहनुभएकाे छ । त्यस्तै गरी सदस्यहरूमा खस अार्यतर्फ गण्डकी गाउँपालिकाबाट शिव प्रसाद रेग्मी र वारपाक सुलिकाेटबाट माेहन ढकाल रहनुभएकाे छ । मुस्लिमतर्फ भीमसेन थापा गाउँपालिकाबाट बाट माेहम्मद हकिम, दलित तर्फ पालुङटार नगरपालिकाबाट गंगा बहादुर बलकाेटी, महिला सदस्यमा धार्चे गाउँपालिकाबाट प्रमिना घले, सिरानचाेक गाउँपालिकाबाट मिरा उपरकाेटी र अजिरकाेट गाउँपालिकाबाट इन्दिरा देवकाेटा रहेका छन् ।