पालुङटारमा जसपालाइ नदिनकै लागि देउवाले ढिला पत्र पठाउनुभएकाे हाे …….. कंडेल

बैशाख २१, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार दिपकबाबु कंडेलले पालुङटारमा जसपालाइ नदिनकै लागि देउवाले ढिला गरी पत्र पठाएकाे बताएका छन् ।

चुनावी तालमेल र पालुङटार मेयरकाे उम्मेदवारी फिर्ताका बिषयमा भएकाे बिबादका बारेमा प्रष्ट्याउनका लागि अायाेजित पत्रकार सम्मेलनमा बाेल्ने क्रममा कंडेलले साे कुरा बताएका हुन ।

कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्ने र पालुङटारमा जसपाकाे मेयरमा कांग्रेसले सघाउने र उपमेयरमा जसपाले सघाउने भनी केन्द्रमा भएकाे सम्झाैता अनुसार सहमति गर्ने भनिएतापनि त्यसाे हुन नसकेपछि कंडेललाइ कांंग्रेस पार्टी सभापति शेर बहादुर देउवाले बालुवाटारमा नै बाेलाएर उमेदवारी फिर्ता गर्न दवाव दिएका थिए । देउवासँग कुरा गर्ने क्रममा पार्टीकाे निर्णय मान्न अाफू तयार रहने तर पार्टीकाे साख जाेगाउनकाे लागि अाफू जुनसुकै कदम चाल्न पछि नहटने बताएपछि देउवा समेत कंडेलकाे कुरामा सहमत भएका बताइएकाे छ ।

पालुङटारस्थित ठाँटीपाेखरीकाे एक हाेटलमा अाज गरिएकाे पत्रकार सम्मेलनमा बाेल्दै पालुङटार नगरपार्टी सभापति बिमल ढकालले चुनाव अाफ्नाे पार्टीले जित्ने सुनिश्चित भएकाले निर्धक्कसँग जनतासामु भाेटकाे अपिल गरेका थिए ।

साेही अवसरमा पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्याैपानेले अब पालुङटार मात्र नभइ जिल्लाका सबै ११ वटै स्थानीय तहमा एक्ला एक्लै चुनावमा जाने र कसैलाइ पनि कुनै भ्रममा नपर्न समेत अाग्रह गरेका थिए ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.