शहिद तथा बेपत्ता परिवारलाई सम्मान

गोरखा ।

शहिद सप्ताहको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिदका परिवार र बेपत्ता परिवारलाई शुक्रबार सम्मान गरेको छ । नेकपा प्रचण्ड नेपाल समुहले पार्टी कार्यालय पाटेचौरमा एक कार्यक्रमको आयोजना गरि जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको जनाएको छ ।

हिजोदेखि सुरु भएको शहिद सप्ताहको अबसरमा नेकपा गोरखाले जिल्ला भित्र बिभिन्न कार्यक्रम गर्दै आएको छ । सम्मान कार्यक्रममा बोल्नु हुदै पार्टीका केन्द्रीय सदस्य एवम गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले जनयुद्धको बलिदानीले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र संघियता जस्ता उपलब्धी प्राप्त गरेको बताउनुभयो ।

उहाँले शहिदको त्याग तपस्या बलिदान भुल्न नहुने भन्दै प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने बर्तमान सरकारले उल्टै बिभिन्न बाहाना उपलब्धीलाई खोस्ने जर्मको गरेको बताउनुभयो । अध्यक्ष पाण्डेले नेपालको आमूल राजनीतिक परिवर्तन जनयुद्ध र त्यसको जगबाट मात्र सम्भव भएको भन्दै शहिदका सपना पुरा गर्न सधै प्रतिबद्ध भएर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपाका केन्द्रीय सदस्य एवंम पुनस्थापित प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले जनयुद्धले ल्याएको उपलब्धीहरु संबिधान मार्फत कार्यान्व्यनका चरणमा रहेकाले कसैले खोसेर नखोसिने बताउनुभयो । देशमा भएका सवैखालका परिवर्तनहरु जनयुद्ध र त्यसपछि बिभिन्न आन्दोलनबाट सम्भव भएकाले नेपालको जनयुद्ध बिश्व कम्युनिष्ट आन्दोलनमा परिवर्तनको नमुना बनेको बताउनुभयो ।

नेकपा गण्डकी प्रदेश कमिटीकी अध्यक्ष भगबती तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपाकी नेतृ सानुमाया बस्नेत, नेता जुद्धबिलास भण्डारी लगाएतले पनि सम्बोधन गर्नुभएको थियो ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.