सात बुँदे निर्णयसहित न्यायिक समिति गोर्खाको

पालुङटार,गोर्खा /

स्थानीय तहको विवादलाई स्थानीय तहमा नै निरुपण एवं समाधान गर्ने अभिप्रायका साथ संवैधानिक रूपमा गठन भएका गोरखा जिल्लाको सबै पालिकाका न्यायिक समितिको काम कारबाही तथा कार्यसम्पादनमा एक रुपता कायम गर्ने उद्देश्यका साथ जिल्ला भेलालाई साझ मंचको रूपमा विकास गर्दै लैजानको लागि मिति ३० गते पालुङटार नगरपालिका न्यायिक समितिको आयोजनामा न्यायिक समिति संजाल गोरखाको जिल्ला स्तरीय दोस्रो भेला सम्पन्न भएको छ । नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक बन्दना पाण्डेज्युको अध्यक्षता, गण्डकी प्रदेश सभामुख मा. कृष्ण धितालज्युको प्रमुख आतिथ्य र मा. मुख्य न्यायाधीश डा. श्री रत्न बहादुर बागचन्दज्युको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, नगर प्रमुख, सबै स्थानीय तहका उपाध्यक्ष एवं न्यायिक समिति संयोजकज्युहरु, जिल्ला न्यायाधीश, श्रेस्तेदार जिल्ला, न्यायधिबक्ता, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला बार एसोसिएसन गोरखा इकाईका अध्यक्ष, वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालयका प्रमुख, सबै स्थानीय तहका न्यायिक समिति सदस्यहरु, कर्मचारी, पत्रकार तथा मेलमिलाप कर्ताहरुको उपस्थिति रहेको थियो । उक्त भेलाबाट ७ बुदे निर्णय समेत गरिएको थियो ।


१. न्यायिक समिति पदाधिकारीहरुले पालन गर्नु पर्ने आचार संहिता तर्जुमा गरी आफ्नी पालिका लागू गर्ने निर्णय गरियो ।

२. निवेदनका पक्ष विपक्ष दोस्रो पालिकाको समेत हुने भएकाले सम्वन्धित पालिकाले म्यादतामेलीको लागि पत्राचार गरी छिटो छरितो न्याय सम्पादन गर्न एक अर्कालाई सहयोग गर्ने निर्णय गरियो ।

३. यो समितिको नाम जिल्ला स्तरीय न्यायिक समिति सञ्जाल राखे निर्णय गरियो ।

४. समितिको समिक्षा बैठक ४/४ महिनामा वस्ने निर्णय गरियो।

५. आगामी पहिलो समिक्षा बैठक आगामी मंसिर महिनामा शहिद लखन गाउँपालिकामा वस्ने निर्णय गरियो।

६. दोस्रो समिक्षा बैठक चैत्र महिनामा चुमनुव्री गाउँपालिकामा गर्ने निरणय गरियो।

७. गोरखा जिल्ला स्तरीय महिला सञ्जालको तेस्रो भेला श्रावण महिनामा भिमसेन थापा गाउँपालिकामा सञ्चालन गर्ने निर्णय गरियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.