आँबुखैरेनी चोकमा पनि स्थानीय युवाहरुद्धारा सरकार विरुद्ध शान्तिपूर्ण बिरोध प्रदर्शन ।।

 

आँबुखैरेनी, जेष्ठ ३० ।

सरकार विरुद्ध देशव्यापी प्रर्दशन भैरहेको बेला तनहुँको आँबुखैरेनी चोकमा पनि स्थानीय युवाहरुले आज शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका छन् । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई भ्रष्टाचारमा लिप्त भएको भन्दै बिहान १० बजे देखि १५ मिनेट सम्म स्थानीय युवाहरुले आँबुखैरेनी चोकमा सरकार विरुद्ध शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका हुन् । ‘सरकार कि त जाग कि त भाग’, १० अर्ब खै सरकार ?, जनताले खाने भात छैन नेता हुँ भन्न लाज छैन्, पुलिस हाम्रो काका हो, भष्टचारी मन्त्री सबै डाँका हो, जनता लड्ने को सँग ? रोग सँगकी भोक सँग ?“सांसदको भत्ता पाक्ने जनताको भात नपाक्ने उनीहरु कार्पेट जिम पाउने स्वास्थ्यकर्मी पिपिई नपाउने अति भयो ”, सरकार कोरोनाको चिहान बढ्नाले हामी भूतहरु त्रासमा छौं कृपया १०० प्रतिशत पिसिआर बढाउ र लागु गर, enough is enough, government….government….Yes papa, stealing money no papa, telling lies no papa, open your files, haha .., प्रधानमन्त्री ज्यू सधैं राष्ट्रपतिलाई मात्र होईन राष्ट्रलाई पनि हेर्ने गर्नुस, के पाईस नेपाली केरा लगायतका नारा लेखिएका प्लेकार्ड सहित स्थानीय युवाहरुले आँबुखैरेनी चोकमा सरकार विरुद्ध शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका थिए । ‘आरडीटी’ बन्द गरेर कोरोना परीक्षण ‘पीसीआर’ विधिबाट मात्र गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै स्थानीय युवाहरुले शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको स्थानीय युवा समाजसेवी बादल थकालीले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.