सामुदायिक सिकाई केन्द्रद्धारा क्वारेन्टिनलाई सहयोग

गोरखा संसार
जेठ २२,गोरखा
गोरखाको पालुङ्टार नगरपालिका वडा नं.८ स्थित अकला मा.वि.मा निर्मित क्वारेन्टिनको लागि धुुवाँकोट सामुदायिक सिकाइ केन्द्रले आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
केन्द्रले क्वारेन्टिन व्यवस्थापनका लागि आवश्यक पर्ने सिरानी १५ थान, चप्पल १५ जोर, बेड कभर १५ थान र १० कार्टुन पानी सहयोग गरेको केन्द्रका अध्यक्ष एवं वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले बताउनुभयो ।
कोभिड १९ का कारण बिश्व महामारीको रुपमा फैलिएसँगै नेपालमा पनि दिनानुदिन संक्रमितको संख्या बढदै गएको र अहिले मुख्य गरी छिमेकी मुलुक भारतमा काम गर्न गएका व्यक्तिहरु आउने क्रम बढे संगै सबैजसो स्थानीय तहहरुले विभिन्न स्थानहरुमा क्वारेन्टिन बनाएर राख्न थालेका छन् ।
पालुङ्टार नगरपालिकाको अकला मा.वि. क्वारेन्टिनमा १५ जना राख्नको लागि व्यवस्थापन गरिएको पनि अध्यक्ष कंडेलले जानकारी दिनुभयो । हाल उक्त क्वारेन्टिनमा २ जना रहेका छन । पछिल्लाे समय भारतबाट मानिसहरू अाउने क्रम बढेपछि नगरपालिकाले बिभिन्न बिद्यालयहरूमा क्वारेन्टिन बनाउँदै अाएकाे छ ।

सिकाइ केन्द्रले यस अघि पनि विभिन्न सामाजिक क्षेत्रका कामहरुमा सहभागी हुँदै आइरहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.