आफ्नै १४ दिने शिशुको हत्या गरी फरार व्यक्ति पक्राउ

काठमाडौं । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा बाराको देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए ।

उनी फरार भएपछि काठमाडौँमा लुकेको आशङ्कामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए राति काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो । उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले बताए ।

Facebook Comments Box
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.