आँबुखैरेनीको पहिलो सहकारी मनकामना माई बहुउद्देश्यीय सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न ।।

अाबुखैरेनी, २३ पौंष । आँबुखैरेनीको पहिलो सहकारी मनकामना माई बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीको आफ्नै भवनमा सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष भगवानदास मल्लले बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष हरिभक्त श्रेष्ठले आयब्यय बिवरण एंव आर्थिक वर्ष ०७९÷०८० को लागि कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको छ । ४ करोड ३९ लाख ७१ हजार रुपैंया शेयर पूँजी रहेको सहकारीको आर्थिक वर्ष ०७८÷०७९ को अषाढ मसान्त सम्म कुल निक्षेप (बचत) ३७ करोड ३४ लाख ७३ हजार ४ सय ४२ रुपैंया ३७ पैंसा र कर्जा लगानी तर्फ ३७ करोड २२ लाख ८१ हजार १ सय १२ रुपैंया रहेको छ । यस अवधिमा सहकारीले १ करोड २७ लाख ७७ हजार ७ सय ७५ रुपैंया ६० पैंसा मुनाफा गर्न सफल भएको बार्षिक प्रगती प्रतिबेदनमा उल्लेख गरिएको छ । सहकारीमा उत्कृष्ट कारोबारकर्ता ९ जना, ०७७ सालको एसईईमा शेयर सदस्यको परिवारबाट सर्बोउत्कृष्ट अंक ल्याउन सफल मस्र्याङ्गदी बाल ज्योती बोर्डिङ्गका ३ जना विद्यार्थी, सामुदायिक विद्यालय अन्तर्गत रामशाह माध्यमिक विद्यालका विपन्न तथा पिछडिएका ३ जना विद्याथी, मित्रता माविका २ जना विद्यार्थी, अन्नपूर्ण प्राविका २ जना विद्यार्थीलाई सम्मान गरिएको छ । यसैगरी, सहकारीका उत्कृष्ट कर्मचारी इन्दिरा थापालाई समेत सम्मान गरिएको सहकारीले जानकारी दिएको छ । बार्षिक साधारण सभामा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिका पूर्व अध्यक्ष गिर बहादुर थापा, सहकारीका संस्थापक अध्यक्ष विपिन मल्ल, अध्यक्ष भगवानदास मल्ल, उपाध्यक्ष तुल नारायण श्रेष्ठ, कोषाध्यक्ष हरिभक्त श्रेष्ठ, सचिव उपेन्द्र देवकोटा, रत्नकुमार श्रेष्ठ, सानोकाजी थापा लगाएतकाले मन्तव्य राखेका थिए।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.