गोरखा, १७ पुस :
गोरखाको आरुघाट गाउँपालिका–३ केवरपानीबाट प्रतिबन्धित जडीबुटी पाँचऔँले सहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले प्रतिबन्धित जडिबुटी सहित धार्चे गाउँपालिका वडा नम्बर २ घर भएका ५२ बर्षका आशमान गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
प्रहरीले चेकजाँचका क्रममा शरीर खानतलासी गर्दा गुरुङले बोकेको झोलामा प्रतिबन्धित जडिबुटी पाँचऔले फेला पारेको उहाँले बताउनुभयो । ‘उनको साथबाट पाँच किलो ६ सय ५० ग्राम जडिबुटी बरामत भएको छ, डिएसपी लामिछानेले भन्नुभयो, ‘बरामद गरिएको जडिबुटीको मुचुल्का उठाएर गुरुङलाई नियन्त्रणमा लिइएको हो ।’