गाेरखामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ

गाेरखा ।

गाेरखा जिल्लाकाे निर्वाचन अवधिभर सुरक्षा व्यवस्थामा कडाइ गरिने भएकाे छ । जिल्लामा कुनै प्रकारका अवाञ्छित गतिबिधी हुन नदिनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत वरालले जानकारी दिनुभएकाे छ ।

सबै तरीकाबाट सुरक्षा व्यवस्थामा कडाइ गरिएकाे हुँदा जिल्लाभरका मतदाताहरूले निर्धक्कसँग मतदान गर्न समेत उहाँले  आग्रह गर्नुभएकाे छ ।

सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानकाे टाेली खटिएकाे छ ।

जिल्लाका ३१७ वटै मतदान केन्द्रमा मतपत्र सहित अधिकृत टाेलीहरु पुगिसकेका छन् । मतदान केन्द्र वरीपरी सुरक्षाकर्मी तैनाथ गरिएकाे छ । बाहिर घेरामा नेपाली सेना सुरक्षाका लागि खटिएका छन् । मतदान केन्द्रमा कुनैपनि गलत गतिविधि भए सुरक्षाकर्मीले तत्काल एक्सन लिने उहाँले बताउनुभयाे ।

गाेरखाकाे शान्ति सुरक्षाकाे अवस्था बलियाे बनाएकाे उहाँले बताउनुभयाे । आफ्नाे मतदान केन्द्रमा पुगेर आफूलाइ मन परेकाे दल र नेतालाइ  मतदान गर्न मतदाताहरुलाइ बरालले सुझाव दिनुभएकाे छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.