दोस्रो लिगलिग पालुङटार महोत्सव – २०७९ अर्थमन्त्री जनार्दन शर्माद्वारा उदघाटन

‘दोस्रो लिगलिग पालुङटार महोत्सव – २०७९’को नेपाल सरकारका अर्थ मन्त्री तथा माओवादी केन्द्रका उपमाहासचिव जनार्दन शर्माले आज उद्घाटन गर्नुभएकाे छ ।

महोत्सवको प्रमुख अतिथिकाे रूपमा उद्घाटन गर्दै शर्माले पालुङटार सम्म फाँट र यहाँको टारले धेरै सम्भावना बोकेको पनि बताउनुभएकाे छ । साेही क्रममा उहाँले पालुङटारलाइ स्मार्ट सिटी बनाउन सहयाेग गर्ने समेत बताउनुभयाे ।

पालुङटार राजनीतिक रुपमा पनि प्रधानमन्त्री बनाउन सक्ने ठाउँ भएको भन्दै विकासका सवालमा यहाँका जनताले केही अन्याय भोग्नु परेको पनि उहाँले स्वीकार गर्नुभएकाे छ ।

“सघीयता कार्यन्वयनका लागि दलहरु वीच राजनैतिक एकता अपरिहार्य भएकाेले मलाइ याे चिन्ह मन परेन, म साँसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन, सँसदकाे निर्वाचन साँसद बनाउन र मन्त्री बनाउन हाेइन , परिवर्तन पछि भएकाे व्यवस्थालाइ कायम राख्न र साम्यवादमा पुग्नका लागि एकता कायम भएकाे हाे” उहाँले भन्नुभयाे ।

सँघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेकाे आवश्यकता रहेकाे पनि साे अवसरमा उहँाले बताउनुभयाे । सँघीय लाेकतान्त्रिक व्यवस्थाकाे अस्तित्व भनेकाे राजनैतिक पार्टीहरुकाे अस्तित्व रहेकाे बताउँदै सँघ, प्रदेश र स्थानीय सरकार जनताकाे  शासक नभइ सेवक भएकाे समेत बताउनुभएकाे थियाे ।

पालुङटार नगरपालिका वडा नं. ५ काे ठाँटीपाेखरी समीचाैतारा नजिककाे चाैरमा अाजदेखि सञ्चालन भएकाे महाेत्सव असाेज १३ गतेसम्म चल्नेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.