असार ६, तनहुँ ।
शिक्षा तालिम केन्द्र दमाैलीमा अाजदेखि अाधारभूत तथा माध्यमिक तहका शिक्षकहरूका लागि शिक्षणमा नवीनतम विधीकाे प्रयाेगसम्बन्धी ५ दिने तालिमकाे उदघाटन भएकाे छ ।
शिक्षा तालिम केन्द्र दमाैलीका प्रमुख नेपालहरि रानाभाटकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा तालिम केन्द्रकी प्रशिक्षक अनिषा यादव, प्रकाश देवकाेटा लगायतकाले तालिमकाे महत्वकाे बारेमा जानकारी प्रदान गर्नुभएकाे थियाे ।
असार १० गतेसम्म सञ्चालन हुने साे तालिममा प्रशिक्षकहरू विकाश शर्मा, अनिषा यादव, प्रकाश देवकाेटा लगायतले सहजीकरण गर्ने तालिम केन्द्रले जनाएकाे छ ।
तालिममा कक्षा शिक्षणमा जीवनाेपयाेगी सीपकाे प्रयाेग, खेलमा अाधारित प्रवर्तनात्मक सिकाइ सहजीकरण, बालकेन्द्रित सिकाइ र सहजीकरण पद्दती, बहुबाैद्धिकता र सिकाइशैली, समालाेचनात्मक चिन्तन सीप, उच्च दक्षता सिकाइ सीप र सक्रिय सिकाइ लगायतका बिषयमा सहजीकरण गरिने जनाइएकाे छ ।