मंगलेश्वर मन्दिरमा सप्ताह ज्ञान महायज्ञ समापन

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा रहेकाे मंगलेश्वर महादेव मन्दिरमा गत फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालित सप्ताह महापुराण ज्ञान महायज्ञकाे समापन भएकाे  छ ।

२३ गते पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले समापन समाराेहमा बाेल्दै हिन्दु धर्म संस्कृति बचाउन यस्ता धार्मिक कार्यक्रमहरूले महत्वपूर्ण याेगदान दिने बताउनुभयाे ।

युवा प्रखर बाचक पं. माधवकृष्ण महाराजकाे मुखारबृन्दबाट १५ गतेदेखि २३ गतेसम्म मंगलेश्वर महादेव मन्दिरमा महायज्ञ लगाइएकाे थियाे । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भण्डारीकाे अध्यक्षतामा सम्पन्न उक्त महायज्ञमा गण्डकी प्रदेशका साँसद प्रकाशचन्द्र दवाडीले प्रमुख अतिथिकाे रूपमा उदघाटन गर्नुभएकाे थियाे ।

महायज्ञकाे सफलताकाे कामना गर्दै दवाडीले रू.५० हजार रूपैयाँ समेत दान गर्नुभएकाे थियाे । महयज्ञअवधिभरमा करीब ९ लाख रूपैयाँ उठेकेा कार्यक्रम संयाेजक एवं मन्दिर व्यवस्थापन समितिका सचिव राजु कुमालले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.