सुर्खेत ।
कालिकोटमा निरन्तर वर्षाले घर भत्कँदा एक जनाको ज्यान गएको छ । महावै गाउँपालिका- ७ मा घर भँत्किदा स्मृति अधिकारीको मृत्यु भएको हो ।
उनकी बहिनी इनिशा अधिकारी घाइते भएको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका पुर्ब प्रमुख स्वकीय सचिब खेम सिंहले बताउनुभयाे ।
महावै गाउँपालिका -७ राम्नीमा रहेका १५ घर उच्च जोखिममा रहेको र उनीहरुलाई स्थानीय राम माध्यमिक विद्यालयमा सारिएको उहाँको भनाइ छ ।