साउन ३१ गतेबाट कक्षा १२ काे परिक्षा : रूटिन सहित

५ साउन, काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले जानकारी दिए ।

गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

परीक्षा सय पूर्णांककै

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै गराउने तयारी गरेको छ । गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको बोर्डले जनाएको छ ।

बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो । बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो ।                      परीक्षा तालिका                                      onlinekhabar

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किए

काठमाडौं- चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.