माअाेबादी केन्द्र गाेरखाले जनबर्गीय संगठनहरूको इन्चार्ज ताेक्याे

गोरखा १४, चैत । नेकपा माओबादी केन्द्र गोरखाले बिभिन्न जनबर्गिय संगठनहरुमा इन्चार्जहरुको जिम्मेवारी तोकेको छ । जिल्ला पार्टी कार्यालय पाटेचौरमा शनिबार बसेको जिल्ला कमिटीको बैठकले पार्टी निकट बिधार्धी संगठन अनेरास्वबियूको इन्चार्जमा लोकप्रसाद बन्जरा (अक्कल), बुद्धिजिवी संगठनको इन्चार्जमा जगन्नाथ खनाललाई चयन गरेको पार्टीका कार्यालय सचिव अंकुर तिमल्सिेना (आयाम) ले जानकारी दिनुभयो । बैठकले किसान संगठन इन्चार्जमा कृष्ण धौराली, पत्रकार इन्चार्जमा अंकुर तिमल्सिना (आयाम), अखिल नेपाल महिलासंंघ क्रान्तिकारीको इन्चार्जमा कमला नर्हकी, शिक्षक संगठनको इन्चार्जमा धुब्र भट्ट, शहिद तथा बेपत्ता संगठनको इन्चार्जमा बिष्णु भट्टलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै उद्योग बाणिज्य संगठनको इन्चार्जमा गोर्बधन श्रेष्ठलाई दिएको छ भने बाइसिल इन्र्जाज र निर्माणको अन्र्तगतको संगठन भने कार्यालय हेर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले बिभिन्न ११ वटा जातिय मोर्चाको इन्चार्ज समेत तोकेको छ । जसअन्र्तगत दलित मेर्चाको इन्चार्जमाा दिलबहादुर सेन्चुरी, तमु रमोर्चाको इन्चार्जमा धना तमु, दराई तथा कुमाल मेर्चाको इन्चार्जमा रामचन्द्र सेडाई, चोपाङ मेर्चाको इन्चार्जमा कृष्ण चेपाङ, नेवा मेर्चाको इन्चार्जमा गोर्वधन श्रेष्ठ, तामङ मोर्चाको इन्चार्ज धना तमु, भुजेल मोर्चाको इन्चार्जमा दिपक देवकोटा तथा भोटे लामा मोर्चाको इन्चार्जको जिम्मेवारी निमालाई दिने निर्णय गरेको छ ।

बैठकले जिल्ला भित्रका ११ वटै स्थानीय तहमा गाउँपार्टी कमिटिको बैठक तत्काल सम्पन्न गर्ने निर्णय समेत गरेको छ । जस अन्र्तगत गोरखा नगरपालिकाको नगरपार्टी कमिटीको बैठक चैत २१ गते, गण्डकी गाउँपालिकाको बैठक २० गते, सिरानचोक गाउँपार्टी कमिटिको बैठक, १९ गते, अजिरकोट गाउँपार्टी कमिटिको बैठक २१ गते, भीमसेन थापाको १६ गते, आरुघाट गाउँपार्टी कमिटिको बैठक २० गते गर्ने निर्णय गरेको कार्यालय सचिव तिमल्सिेनाले जानकारी दिनुभयो ।

त्यस्तै धार्चे गाउँ पार्टी कमिटिको बैठक २५ गते, बारापाक सुलिकोट गाउँपार्टी कमिटिको बैठक १८ गते, पालुङटार नगरपालिकाको नगरपार्टी कमिटीको बैठक १७ गते र शहिद लखन गाउँकमिटीको बैठक १६ गते गर्ने निर्णय गरेको छ । बैठकले पाटीका गण्डकी प्रदेश कमिटिका सदस्य लोकप्रसाद बन्जराकी आमा पदमकुमारी बन्जारा, पाटीका जिल्ला सदस्य गोर्बद्धन श्रेष्ठकी आमा देउकुमारी श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य अमर तमुका बुबा लालबहादुर तमुको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.