फागुन २४, गोरखा ।
१११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गोरखा सदरमुकाममा आयोजित महिला खुल्ला दौड प्रतियोगीताको उपाधी पवित्रा वयलकोटीले जितेकी छिन् । निर्धारित दुरी ११ मिनेट ३४ सेकेण्डमा पार गर्दै उनी उपाधी बिजेता बनेकी हुन् । उनले ट्रफि, मेडर र प्रमाणपत्रको साथमा सात हजार नगद पुरस्कार पाएकी छिन् ।
प्रतियोगीतामा नेपाली सेनाकी जैसरा राइ दोस्रो र रेनुका राइ तेस्रो भएका छन् । उनीहरुले निर्धारित दुरी क्रमश ११ मिनेट ५९ सेकेण्ड र १२ मिनेट १८ सेकेण्डमा पार गरेका थिए । उनीहरु रिपु मर्दन गण गोरखामा कार्यरत छन् । उनीहरुले क्रमश नगद पाँच हजार र तीन हजारको साथमा मेडल र प्रमाणपत्र पाएको आयोजक रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले जनाएको छ । गोरखा सदरमुकामको हरमटारी खेलमैदानबाट शुरु भएको दौड बसपार्क, ठुलोआँगन, पाटेचौर, अस्पताल मार्ग हुदै पुनः खेलमैदानमा आएर टुङ्गिएको थियो ।
प्रतियोगीताका बिजेताहरुलाइ गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठले पुरस्कार वितरण गरेकी छिन् । क्लबका अध्यक्ष चिज कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख श्रेष्ठ, रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष बिष्णु थापा मगर लगायतले मन्तव्य राखेका थिए । onlinegorkha