गाेरखा संसार
गोरखा, ३१ जेठ । जिल्लाको गोरखा नगरपालिका वडा नं. १२ र शहिद लखन गाउँपालिका वडा नं. १ को सिमानामा रहेको लुदी खोला माथि पुल बनेपछि गाउँमा विकासको गति बढेको छ । गाउँलेहरुले विभिन्न स्रोतबाट रकम जुटाएर गएको वर्ष पुल निर्माण कार्य सम्पन्न गरेपछि सडकका योजनामा बजेट बृद्धि हुन थालेको र गाउँको विकास भएको स्थानिय नागरिकहरु बताउँछन् ।
स्थानीय गाउँलेहरु, विदेशी सहयोगी संस्था लगायतको सहयोगमा निर्माण भएको पुलको गएको वर्ष गण्डकी प्रदेशका भौतिक विकास तथा पुर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका थिए । यस वर्ष पनि उक्त बाटोमा प्रदेश सरकारले प्रदान गरेको ७५ लाख रुपैयाँमा सडकको नाला बनाउने काम भईरहेको छ ।