किसानको मकैबालीमा फौजी किरा लागेपछि चिन्ता बढदो

रविन्द्र कंडेल
गोरखा संसार
८ जेठ, गोरखा ।

गोरखाको पालुङ्टार नगरपालिकाका विभिन्न स्थानहरुमा किसानले लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिना थालेसंगै किसानहरुमा चिन्ता बढेको छ ।
कोरोना र लकडाउनले एकातिर सताइरहेको बेला किसानकोे मुख्य खेतीको रुपमा रहेको मकैबालीमा किरा लागेर बाली नै नष्ट हुन थालेको बताइएको छ ।
वडा नं. ७ का एक किसान उपेन्द्र खत्रीका अनुसार मकैमा किरा लागेपछि मकैको बोटको गुवोबाट मर्दै जाने र जसका कारण घोगा लाग्न नसक्ने भएपछि निकै मर्कामा परेको बताउनुहुन्छ ।
लकडाउनका कारण अन्य केही पेशा गर्न पनि नसकिएको र बारीमा लगाइएको बालीमा पनि यस्तो प्रकारको अवस्था भएपछि समस्यामा परेकाले तत्काल सम्बन्धित निकायले अनुगनमन र अध्ययन गरी रोग नियन्त्रणमा ध्यान दिनुपर्ने र उत्पादन हुन नसकेमा राहतको घोषणा गर्नुपर्ने किसानहरुको भनाइ रहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.