युवा समाजसेवी थकालीद्धारा दैनिक छाँक टार्न धौं धौं भएका मृगौंला बिरामीलाई खाद्यन्न सामाग्री ।।

आँबुखैरेनी, जेष्ठ ४ गते ।

ª आँबुखैरेनीका स्थानीय युवा समाजसेवी बादल थकालीले मृगौंला रोगबाट पिडीत भएका ढकाल दम्पतीलाई खाद्यन्न सामाग्री बितरण गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका वडा नंं ३ छबिसे टोल नजिकै बसोबास गर्दै आउनुभएका दुबै मृगौंला फेल भएका ६१ वर्षिय मंगल ढकाल दम्पतीलाई बिहान बेलुकाको छाँक टार्न धौ धौं परेकोले थकालीको आफ्नै पहलमा खाद्यन्न सामाग्री बितरण गरिएको हो । लकडाउनको बेला दैनिक जिवन कष्टकर बन्दै गएपछि ढकाल दम्पती बस्ने स्थानमा गएर आज २५ किलोको १ बोरा चामल, ५ किलो आलु, ५ किलो दाल, ४ पोका तेल, २ पोका नुन, १२ प्याकेट बिस्कुट र १ वटा जुस बितरण गरिएको युवा समाजसेवी थकालीले जानकारी दिनुभयो । यस क्षेत्रका संघ संस्था, गाउँपालिका र वडा कार्यालयबाट कुनै पनि सहयोग र उपचार नपाएको मृगौंला पिडीत ढकालको सहयोग र उपचारमा सहयोग गरिदिनुहुन सम्पूर्णलाई समाजसेवी थकालीले आग्रह गर्नुभएको छ । यस अघि आँबुखैरेनीका युवा समाजसेवी दिनेश केसी र बादल थकालीले दुबै मृगौंला फेल भएका मंगल ढकालको डाईलासिसको लागि ७ पटक सम्म आँबुखैरेनीबाट दमौलीसम्म यातयातको व्यवस्था निःशुल्क गरिदिनुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.