साथीभाइको माया ममतासँगै मृगौला पीडित छिनालले पाए १ लाख बढी आर्थिक सहयोग

काठमाडौँ

गोरखाको पालुङटार नगरपालिका वडा नं ७ घर भई हाल फ्रान्समा बसोबास गर्दै आउनुभएका गोर्खाली समाज फ्रान्सका सदस्य रामेश्वर श्रेष्ठको पहलमा जीवनज्योति मावि का पूर्व विद्यार्थी धर्मराज छिनाललाई १ लाख भन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ।

विगत लामो समयदेखि मृगौला रोगबाट पीडित भएका धर्मराज छिनाल को आर्थिक अवस्था समेत नाजुक भएकोले निजलाई सहयोग गरिदिन जीवनज्योति मा .वि.का पूर्व सहपाठी विद्यार्थीहरूले गरेको अनुरोधलाई स्वीकार गरी फ्रान्सबाट समाजसेवी व्यक्तित्व श्रेष्ठले रु १ लाख ५८० पठाउनुभएको थियो। उक्त रकम छिनालसँगै जीवन ज्योति माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका र हाल विभिन्न पेशा व्यवसाय गरी काठमाडौँमा रहनुभएका सहपाठी विद्यार्थीहरू को उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

आफूसँगै विद्यालय तहमा अध्ययन गरेका छिनाल को नाजुक अवस्था देखेपछि उहाँसँगैका सहपाठी विद्यार्थीहरुले सहयोगको लागि याचना गरेका थिए । फ्रान्सबाट रामेश्वर श्रेष्ठले संकलन गरी पठाउनुभएको १ लाख ५८० काठमाडौँको सितापाइला स्थित ताजा बेकरीको सभा हलमा वितरण गरिएको थियो । उक्त अवसरमा उहाँसँगै अध्ययन गर्नुभएका विद्यालय तहका सहपाठीहरू को उपस्थिति रहेको थियो।

विद्यालयमा अध्ययन गर्दा आफूसँगै अध्ययन गरेका इमान्दार र मिलनसार सहपाठी को नाजुक अवस्था मा सहयोगको लागि गरिएको अनुरोधलाई सहर्ष रुपमा स्वीकार गरी आर्थिक सहयोग गर्नुभएकोमा श्रेष्ठप्रति आभार व्यक्त गरिएको जीवनज्योति मा . वि का पूर्व विद्यार्थी एवं सशस्त्र प्रहरी बल नेपाल का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एस .एस .पी.) प्रवीण कडेलले बताउनुभयो ।

नगद हस्तान्तरण कार्यक्रममा जीवनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरू आशकुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ,गंगालाल श्रेष्ठ , तारा श्रेष्ठ , सूर्य कुमार श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.